०३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौँ जिल्ला अदालत बाहिर भएको घटनाको नेपाल बार एशोसियसनले भत्र्सना गरेको छ ।
बारकी महासचिव अञ्जिता खनालले आज विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेकी हुन । बारले आक्रमणबाट न्यायिक निरुपणको सन्दर्भमा कानून व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानून व्यवसायीको संवैधानिक तथा कानूनी दायित्वको साथै व्यावसायिक कर्तव्य र जिम्मेवारीमा आघात पुगेको ठहर गरेको छ । महासचिव खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘न्यायालय परिसर भित्रै कानून व्यवसायी माथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानून व्यवसायीको पेशागत सुरक्षा माथि नै गम्भिर चुनौती देखिएको छ ।’
साथै, बारले घटनामा संलग्नलाई अविलम्ब कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सहकारी ठगीमा पीडितको पक्षबाट बहस गरेर निस्कने क्रममा उनीमाथि अदालत परिसरमै आक्रमण भएको थियो ।