०३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस-एमालेबीचको गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।
आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन । उनले भनेका छन्, ‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ ।’