|  

आफ्नाे देश आफैंले बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

०३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश पलायन हुने ट्रेन्डभन्दा देश बनाउन ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अरु कोही आएर देश नबनाइदिने तर्क गरेका हुन् । प्रधानमन्त्री ओलीले देशमा ठूला परिवर्तन भइरहेको दाबी गर्दै समृद्ध नेपाल र नेपाली जनतालाई सुखी बनाउन चाहेको बताए । नेपाली बौद्धिक पुर्खाको सन्तती भएको बताउँदै उनले भने,‘हामी उठ्न नसक्ने कुनै कारण छैनन । प्राविधिक शिक्षामा जोड दिनेछौँ । आइटिमा लगानी गर्छौं ।’ 

व्यवस्था परिवर्तन भो अवस्था जस्ताको तस्तै भन्नेहरुका लागि पोखरा विज्ञान प्रतिष्ठानको दीक्षान्त जवाफ भएको जिकिर गरे । उनले घमण्डले ज्ञान आर्जन गर्न नदिने बताए ।