०३ माघ, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो ।