|  

अधिवक्ता त्रिपाठीले दिए आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी

०३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।

आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै आज उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन । सहकारी पीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा उनीमाथि हिजो काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो । 

नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।