|  

नेप्से परिसूचक ७ अङ्कले घट्यो

०३ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.३३ अङ्कले घटेर २ हजार ५ सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

आज २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार ७  सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् ।

बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ ।

त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स ९ दशमलव ३९, खानिखोला हाइड्रोपावर ९ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।