|  

बूढानीलकण्ठमा करेन्ट लागेर १ जनाको मृत्यु

०३ माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।

मोरङ घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २७ वर्षीय रोशन माझीको करेन्ट लागेर मृत्यु भएको हो । बूढानीलकण्ठ नगरपालिका-१३ स्थित नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई आज दिउँसो करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।