|  

झूटो इमेलप्रति सचेत हुन सिआईबीको अपिल !

०३ माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ ।

सीआईबी प्रवक्ता दीपक राज अवस्थीले आज विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका हुन् । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएको भन्दै कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ । सीआईबी प्रवक्ता अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छः