|  

काठमाडौंबाट जनकपुर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना: १ को मृ#त्यु, १२ घाइते 

४ माघ, काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ता रहेका छन् ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।