|  

भारतले अन्तरिक्षमा २ उपग्रह डक गरेर बनायो नयाँ कीर्तिमान

४ माघ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य)अन्तरिक्षमा डक गरेको छ ।

स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो । डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफलता मिलेको छ ।

यसबाट आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।