४ माघ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विचार र सिद्धान्त छाडेर व्यक्तिकेन्द्रित हुँदा पार्टीभित्र गुटबन्दी बढेको बताएका छन् ।
बिहीबार गोरखामा भएको कार्यक्रममा बोल्दै निधिले गुटबन्दीकै कारण आफ्नाले आफ्नैलाई चुनाव हराउने प्रवृत्ति बढेको बताए । निधिले कृष्णप्रसाद भट्टराई र विपी कोइरालाको सिद्धान्त र विचार खोज्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन्।
‘राजनीति बडारियो, गुटबन्दीको राजनीति भयो, आफ्नै पार्टीको साथीलाई आफ्नैले हराइदिएको छ,’ उनले भने, ‘अब कांग्रेसले किसुनजी र विपीको सद्धान्त अनि विचार खोज्नुपर्यो, राष्ट्रियता र स्वतन्त्रताको बिचार खोज्नुपर्यो।’