|  

आज विवाह गर्दै गायिका मेलिना

४ माघ, काठमाडौं ।  गायिका मेलिना राईले आज विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् ।

उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् ।

मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् । इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् ।