४ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाँस्कोटाले बडेमान नेताले सत्ता खुस्केको झोँक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
‘कमरेड सुप्रिमोले सरकार मात्र नभई सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिनँ भ्याएछन् । बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ? प्रमाण त छैन तर शङ्काको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?’, बाँस्कोटाले लेखेका छन् ।
प्रचण्डले बिहीबार चितवनमा भएको एक कार्यक्रममा ‘सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने’ बताएका थिए ।