|  

राजावादीसँग साँठगाँठ गरेको आरोप भीम रावलद्वारा अस्वीकार !

०४ माघ, काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताएका छन् ।

आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोप अस्वीकार गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छन् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं । अब छलफलको क्रममा सबैसँग हामी खुला छौं ।’

काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा पनि आफू खुला रहेको बताए । बालेनबारे सोधेको प्रश्नमा उनले भने, ‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’