|  

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन फास्ट ट्र्याकको निरीक्षण 

४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)आयोजनाको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा पौडेलले काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए ।