|  

डिभोर्सको हल्लासँग मेल खाने एलिनाकाे गित-‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’

०४ माघ, काठमाडौं । गायिका एलिना चौहानले डिभोर्सको हल्ला चलेकै समयमा ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् ।

उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन । हल्लासँग मेल खाने बोलको गीत सार्वजनिक भइरहँदा एलिना-विष्णुको दाम्पत्य जीवन सुमधुर नभएको हल्लालाई बल पुगेको छ । गत वैशाखमा प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना विष्णुसँगै अस्ट्रेलिया गएकी थिइन । तर, उताको बसाई छोट्याएर उनी एक्कासि नेपाल आएपछि उनीहरूबीचको दाम्पत्य जीवन सुमधुर नभएको हल्ला चलेको थियो ।