०४ माघ, काठमाडौं । गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग वैवाहिक बन्धनमा बाधिएकी छिन ।
आज उनीहरुले काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा विवाह गरेका हुन् । जहाँ दुबैका परिवार र आफन्तहरुको उपस्थिति रहेको छ । केही समयदेखि प्रेमसम्बन्धमा रहेका मेलिना र ध्रुवले हिजो मात्रै इन्गेजमेन्ट गरेका थिए । लमजुङका गुरुङ पेसाले चिकित्सक हुन ।