४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
तिम्सिनासहित रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएका थिए ।