५ माघ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै देशका तराई भू-भागमा हुस्सु-कुहिरो लागेको अवस्था छ ।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली र सुदूरपश्चिमका भू-भागहरुमा आंशिकदेखि साधारणतया बदली रहने हिमाली क्षेत्रका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।