५ माघ, काठमाडौं । इजरायल सरकारले हमाससँगको युद्धविराम र बन्धक मुक्ति सम्झौतालाई अनुमोदन गरेको छ ।
इजरायलको मन्त्रिपरिद्ले अनुमोदन गरेसँगै अब आइतबारदेखि सम्झौता लागू हुने छ । राति अबेरसम्म चलेको लामो छलफलपछि सम्झौता अनुमोदन भएको हो । सम्झौता अनुसार युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ ।
पहिलो चरणमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। इजरायलले २५० हमास कैदीहरूलाई पनि रिहा गर्नेछ। साथै, इजरायली सेना गाजा सीमाबाट ७०० मिटर फर्कनेछ।पहिलो चरणको बन्धक रिहा भएको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गर्नेछ। यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामबारे छलफल गर्नेछन् ।