|  

घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति छ आज

५ माघ, काठमाडौं । शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ ।

शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ ।

शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो ।

शनिबार दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आकलन छ।