|  

गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

५ माघ, काठमाडौं ।  गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम  सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

मन्त्रालयले नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेख गर्दै अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।