|  

रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया पठाउने नाममा ठगी !

५ माघ, काठमाडौं ।  रोमानिया, क्रोएशिया, माल्टालगायतका देशमा कार्यरत नेपालीहरुलाई विभिन्न प्रलोभन देखाएर पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेर ठगी हुने क्रम बढेको छ ।

जर्मनीको बर्लिनमा नेपाली दूतावासले ‘अत्यन्त जरुरी सूचना’ निकालेर टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालहरुको प्रयोग गरेर प्रलोभन बाँडिएको तथा झुटा विवरण प्रचारप्रसार गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

नेपालबाट विधिवतरुपमा जुन देशको लागि श्रमस्वीकृति लिएको हो त्यही देशमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ ।