|  

झडपका कारण कङ्गोमा दुई लाखभन्दा बढी मानिस विस्थापित !

५ माघ, काठमाडौं ।   पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् ।

उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएका स्रोतले जनाएको छ ।

यही जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस घर छोड्न बाध्य भएका छन्। जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।