|  

दाङमा रूखबाट लडेर मृत्यु भयो भनेर भनिएका प्रेमलालको जंगलमा लगेर गोली हानी ह#त्या गरिएको खुलाशा  

५ माघ, काठमाडौं । दाङमा जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हत्या भएको खुलेको छ ।

माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए । खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । त्यहाँ चिकित्सकले कुसारीलाई मृत घोषणा गरेका थिए ।

गएराति शव घर ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी थियो ।तर, छिमेकीले कुसारीलाई गोली हानिएको सुचना लिक गरेपछि दाहसंस्कार रोकिएको थियो । प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ ।

प्रहरी स्रोतका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् ।उनीसँग सँगै जंगल गएका छविलाल डांगी र पुष्प बस्नेत फरार छन् ।