|  

एकल बहुमत ल्याउन नसक्ने, अनि निर्वाचन प्रणालीमाथि प्रश्न उठाउनेः दिनेश थपलिया

५ माघ, काठमाडौं ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि राजनीतिक दललाई दुई तिहाई बहुमत ल्याउन अहिलेको निर्वाचन प्रणालीले नरोकेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले धुलिखेलमा गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘स्थिरिता भनेको छिट्टै मृत्युवरण गर्नु हो र । अहिलेको संविधान र कानूनले कुनै पनि राजनीतिक दलललाई ५० प्रतिशत ल्याउन रोकेको छ र ? दुई तिहाई बहुमत ल्याउन रोकेको छ र संविधान तथा कानूनले ? सवा एक करोड एक्लै ल्याउन कुन दफाले रोक्छ ? राजनीतिक दलले हावादारी कुरा गर्ने, जनताको विस्वास जित्न नसक्ने, अनि व्यवस्था खराब भयो भन्न मिल्छ ?’