|  

जब महाकुम्भ मेलामा शरीभरी ४ किलोको सुन लगाएका बाबा भेटिए....

५ माघ, काठमाडौं । महाकुम्भ मेलामा एक बाबा (गोल्डन)आकर्षणको केन्द्र बनेका छन् । जो माथिदेखि तलसम्म सुनले भरिएका छन् ।

उनले दस–बीस तोला होइन ४ किलो सुन लगाएका छन् । यसको लागत लगभग ६ करोड भारु रहेको स्रोतले जनाएको छ । मानिसहरूले उनलाई ‘गोल्डेन बाबा’भनेर बोलाउँछन् । उनी जहाँ जान्छन्, उनलाई हेर्नको लागि भीड लाग्छ। यी स्वर्णधारी बाबाको नाम एसके नारायण गिरीजी महाराज हो ।

जो ६७ वर्षका भए । उनी केरलाका बासिन्दा हुन् । हाल बाबा दिल्लीमा बस्छन् । उनको औंठी र ब्रेसलेटदेखि घडीसम्म सबै सुनको छ । उनको हातमा रहेको मोबाइलको कभर पनि सुनौलो छ। बाबाको हातमा एउटा लौरो देखिन्छ र त्यो पनि सुनले बनेको हो । लौरोमा विभिन्न देवीदेवताका धेरै ठूला लकेटहरू छन् ।