|  

तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैनः यादव

५ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको बताएका छन् ।

बलिदान दिवसका अवसरमा आज लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको स्पष्ट पारे ।