०५ माघ, काठमाडौं । आक्रमणकारीले इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरेका छन् भने एक न्यायाधीश घाइते भएका छन् ।
तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको थियो । आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । आक्रमणबारेमा थप विवरणहरू भने जारी गर्न बाँकी छ ।