०५ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
मलेसियाको बांगीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेशले १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो ।
नेपालले आफ्नो दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्ती एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन् ।