०५ माघ, काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्य थापाले विपक्षी गठबन्धनलाई ‘बिना चिल्लाको च्वाईच्वाई’ को संज्ञा दिएका छन् ।
थापाले फेसबुकमार्फत भनेका छन्,‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी (राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनु पर्ने आदि साझा एजेण्डा-बिना चिल्लाको च्वाईच्वाईं) ।’
यो गठबन्धनमा राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेका दलदेखि सहकारी क्षेत्रमा अनियमितता गर्न चाहने समूहसम्म सम्मिलित रहेको उनको टिप्पणी छ । विपक्षी मोर्चाबन्दीमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी (आजपा), जनमोर्चा र नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन् ।