०५ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि तयारी थालेको छ ।
केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा महानगरका प्रमुख चिरिबाबु महर्जनले कुकुरहरूको व्यवस्थापन जरुरी रहेको बताएका हुन । उनले यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेको पनि जानकारी दिए । उनले भनेका छन्, ‘सामुदायिक कुकुरहरूको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौँ । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरू ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गाह्रो पर्ने कुरा हो । तसर्थ पनि यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि हालै टेन्डर आह्वान गरिसकेका छौ ।’