|  

पिएम कपमा एपिएफसँग सुदूरपश्चिम पराजित

०५ माघ, काठमाडौं । कैलालीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित हात पारेको छ ।

आज बिहान खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको हो । जवाफी ब्याटिङमा सुदूरपश्चिमले निर्धारित १८ ओभर खेल्दै ६ विकेटको नोक्सानमा ६७ रन मात्र बनाएको थियो ।