५ माघ, काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
सांसद ढकालले यही जनवरी २० तारिखका दिन अमेरिकाको वासिङ्टन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।
भ्रमणमा सांसद ढकाल सँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछिन् । पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रिय सदस्यहरू निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता विष्णु गिरी लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बिदाइ गरेका थिए ।