|  

काँग्रेस नेता डा. महत दिल्ली प्रस्थान

०५ पौष, काठमाडौं । नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महत भारतको दिल्ली गएका छन् ।

भोलि आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली गएका हुन् । समितिले नेपाल-भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर को-कोसँग भेट्ने अहिले खुलाइएको छैन ।