|  

केही समयका लागि माथिल्लो तामाकोशीको विद्युत उत्पादन बन्द

०५ पौष, काठमाडौं । दोलखा स्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले ३६ घण्टाका लागि विद्युत उत्पादन बन्द गरेको छ । 

अर्धजलाशयमा आधारित विद्युत केन्द्र भएकाले उच्च मागका समयमा पूर्ण क्षमतामा विद्युत उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत उत्पादन बन्द गरिएको हो । असोजको बाढीले विद्युत केन्द्रमा क्षति गरेपछि पुस १० बाट नदीको पानीको आधारमा विद्युत उत्पादन गर्दै आएको थियो । संरचनाको सरसफाइपछि पिकिङ आवरमा ४ घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत उत्पादनको तयारी थालिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिए ।