६ माघ, काठमाडौं । इजरायल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ ।
शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो ।आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने छन् ।
हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन् । सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ । हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्याउनेछ।