६ माघ, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्न आफुहरु तयार रहेको बताएका छन् ।
आइतबार सम्झौता लागू गर्ने समय आउनुभन्दा केही घण्टा पहिले एक टेलिभिजन सम्बोधनमा नेतन्याहूले भने, ‘युद्धविराम अस्थायी हो । इजरायलले गाजामा फेरि आक्रमण सुरु गर्ने अधिकार सुरक्षित छ ।’
उनले आफुलाई यसो गर्नका लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको बताएका छन् ।
नेतन्याहूले आफुहरुले मध्यपूर्वको अनुहार बदलेको र अब हमास पूर्णरुपमा एक्लो भएको अभिव्यक्ति समेत दिएका छन् । युद्धविराम स्थानीय समय अनुसार बिहान ८ः३० बजे लागू हुने भनिएको छ ।