|  

आज एमाले शीर्ष नेताहरु धनकुटा जाँदै

६ माघ, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा जाने भएका छन् ।

माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलगायतले सम्बोधन गर्नेछन् ।

सामुदायिक भवनमा आइतबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ ।

यो अभियानमा सङ्गठनका कमीकमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बाधेनको प्रयास गरिने एमालेले जनाएको छ ।