|  

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको मृ#त्यु 

६ माघ, काठमाडौं ।  नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ ।

उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर  ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो ।ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका स्रोतले जनाएको छ ।  

मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।