६ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ ।
खानमाथि भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त बंगलादेशी नागरिक भएको हुनसक्ने बताएको हो ।
बिहीबार बिहान सैफ अली खानमाथि उनको बान्द्रास्थित निवासमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो।