|  

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि भएको आक्रमणको कांग्रेसद्धारा निन्दा

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमणको पार्टीले निन्दा गरेको छ ।थापामाथि शनिबार बेलुका झापामा मुक्का प्रहार गरिएको थियो ।

‘नेपाली कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कनकाई नगरपालिकाको सुरुंगानजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको पार्टीले जनाएको छ ।