६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
जिल्ला न्यायाधिवक्ताले आज नै मुद्दा दर्ताको तयारी भएको बताए । लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी छ ।
यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि सोमबार जिल्ला अदालत भैरहवा जाने भएका छन् ।
बहसका निम्ति कानून व्यवसायी पनि साथमा लिएर रवि भैरहवा आउन लागेका हुन् । को–को कानून व्यवसायी लैजाने भन्ने बेलुकीसम्म टुंगो लाग्ने बताइएको छ ।