|  

हमासले बन्धकको नाम उपलब्ध नगराएसम्म युद्धविराम नहुने ! 

६ माघ, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायल रक्षा बल (आईडीएफ)लाई युद्धविराम सुरु नगर्न आग्रह गरेको बताएको छ । युद्धविराम स्थानीय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको थियो ।

हमासले रिहा गर्ने बन्धकहरुको नाम सार्वजनिक गर्नमा ढिलाइ ‘जमिनमा प्राविधिक कारणले’ भइरहेको बताएको छ ।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार इजरायल अझै पनि रिहा हुने तीन बन्धकहरूको नाम पर्खिरहेको छ ।