|  

सेयर बजारमा हरियाली, ६ अर्ब २५ करोडको कारोबार 

६ माघ, काठमाडौं ।  आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ । 

आज १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५४० पटक शेयर किनबेच भएको छ ।  आज १३ वटा समूहमध्ये ३ वटा समूह घटेको छ भने बाँकी १० वटा समूह बढेको छ ।