६ माघ, काठमाडौं । विपिन देव - दक्षिण एसीयामा तनाव चक्रिरहेको अवस्था छ । पाकिस्तान र तालीवान विच तनाव चूलिएको छ । तालीवानीहरू पाकिस्तानी सैनिक मुख्यालय र सुरक्षा चौकिमा निरन्तर आर्कमण गरिहेको छ । जवाफी कार्यवाहीमा उत्तरमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । आखिर पाकिस्तान र अफगानीस्तानमा विच द्वन्द र संग्रामका कारणहरू के के हुन त्यो नै अयुरुचीको प्रश्न हो ।
अफगानीस्तान भौगोलिक बनौट र प्राकृतीक संसाधनका कारणले महत्वपूर्ण रहदै आएको छ । इतिहासको आरोह र अवरोहमा अफगानीस्तानका भूमी सदैव कुरूक्षेत्र रहेको छ । सन् १९७८ मा सोभियत संघले अफगानीस्तानमा आफ्न सैनिक अड्डा कायम गर्दै अफगानीस्तानमा आफ्नो हैकम चलाएका थिए । अमेरिकालाई त्यो पाच्य थिएन । सन् १९५६ मा अमेरिका एलाई (सहयोगी) बनेका पाकिस्तानका सहयोगले एक लडाका समुहको रूपमा अमेरिकी र पाकिस्तानी खोपीया एजेन्सी आए.एस. आए.को संयुक्त सहयोगले तालीवानको गठन भयो ।
अर्थात् यी लडाका समुहको मद्दले अमेरिका ११ वर्ष भित्र नै सोभीयत संघलाई अफगानीस्तानको भूमीबाट धपाउन सफल भयो । अमेरिकी सहयोग र सदभावको बलले तालीवान अफागनीस्तानमा सत्तारोहन गर्ने पश्चात त्यसैको गर्भबाट अलकाइदाको जन्म भयो जसले अमेरिकीको पेनटागंनमा आक्रमण गयो । अफगानीस्तानको भूमीवाट आतंकवादलाई पूर्ण रूपमा र्निमुल गर्न अमेरिकी सैनिक जस्ता फेरी अफगानीस्तानमा नैनाथ भयो । अमेरिकी सैनिक सत्ताको उपस्थितिले अफागनीस्तान आधुनिकरणको यात्रामा समेत प्रवेश गर्यो । पश्चिमा गैर सरकारी संस्था लगायत अन्य प्रजातान्त्रिक कित्ताका मुलुकहरू समेत अफगानीस्तानमा गुरुयोजनाहरू लागु गरेर विकास निर्माणका कामहरू गर्दै गरे । यो कालखण्डमा पाकिस्तानको दोहरो भूमिका रहेको थियो ।
एका तर्फ तालीवान लडाकाहरूलाई पाकिस्तान वासस्थान थियो भने अर्को तर्फ पाकिस्तानी खोपीया एजेन्सी अमेरिकी सहयोगको समेत भरमजदुर प्रयोग गरिरहेको थियो । पाकिस्तानी सरकार राम्रो तालीवानी र खराव तालीवानी विच रेखाङ्कण गर्दै थियो । तालीवानी गुटको उपगुटको रूपमा टि.टि.पि. (तहरिके तालीवान पाकिस्तान) को जन्म भयो । टि.टि.पि.को उद्देश्यनै पाकिस्तानमा इश्लामीक कानुन (सरियत) अनुसार शासन गर्नु पर्ने माग रहेको थियो । पाकिस्तानको सबभन्दा ठुलो क्षेत्र (४४ प्रतिशत भू-भाग आगेटोको) बालुचीस्तानमा विद्रोहीहरू वालुचीस्तान लिव्रेसन आर्मीको नाममा सक्रिय रहि आएको थियो ।
सन् २०२१, १५ अगष्टका दिन अमेरिकाले अफागानीस्तानलाई अस्तव्यस्त अवस्थामा छोडेर आफ्नो सैनिक फिर्ता लियो । अर्थात् अफगानीस्तान पूर्ण रूपमा तालीवानको हातमा गयो । अफागानीस्तानको आधुनिकरणको यात्रामा सरियत कानुनले गर्दा ठुलो विराम लाग्यो । महिला पूर्ण रूपमा शिक्षाबाट वंचित भयो भने मनोरंजनका सम्पूर्ण साघनमा बन्देज लगाइयो । तालीवानको शासन सुरु हुन वित्तिकै पाकिस्तानले आफ्नो कूटनीतिक जितको संखनाद्य गर्यो । पाकिस्तानी नेता इमरान खानले यसलाई अफगानीस्तानको मुक्तिको रूपमा घोषणा गर्यो । तर इतिहासले कोल्टो फेरेको छ ।
पाकिस्तान र तालीवान विच सहकार्यको यात्रामा विराम लाग्दै रंगमूमी रणभूमीमा परिवर्तित भएको छ । यसका विभिन्न आयामहरू छन् । सन् १८९३ विट्र्रिशद्वारा निर्धारित गरिएको पाकिस्तान र अफगानीस्तान विचको दुरान सीमा तालीवानलाई मान्य रहेको छैन । अफगानीस्तान भित्र रहेका विभिन्न समुदायहरू उजवेग, हजारा र ताजीगले समेत घेरान सिमानाको विरोध गरिरहेको अवस्था छ । अर्का तर्फ तालीवानहरू पाकिस्तानी शासकको विरोधमा तालीवानलाई टि.टि.पि. लगायत वालुचीस्तान लिबरेशन आर्मीको समेत सहयोग प्राप्त रहेको छ ।
वालुचीस्तान लिबरेशन आर्मीले चीनिया लगानीमा रहेका योजनाहरूलाई निशाना बनाउ‘दै चीनिया नागरिकहरूलाई समेत पाकिस्तानमा हत्या गरेका छन् । सैनिक र प्रहरीमा चौकीमा खुलेआम आर्कमणमा टि.टि.पि. र वि.एल.ए.को गठवन्धन रहेको छ । वालुचीस्तान आर्मीको माग नै वालुचिस्तानलाई पाकिस्तानवाट विखण्ड गराउनु हो भने टि.टि.पि.को मुद्दा पाकिस्तानमा सरियत कानुनको आधारमा शासन गर्नु हो ।
यी पृष्ठभूमिमा भारत र अफगानीस्तानको सम्बन्ध समेत रोचक रहेको छ । महाभारतमा उल्लेख भए अनुसार धृतराष्टका विवाह गन्धार (हाल कन्धार)का राजकुमारी गान्धारीसंग भएको थियो । प्राचीन सम्बन्धको साथै भारतले अफगानीस्तानलाई यथेष्ठ सहयोग गरेको देखिन्छ । अफगानीस्तानको सबभन्दा ठुलो वाल्य चिकिस्तालय (इन्दिरा गान्धी वाल चिकिस्तालय), सलमा डायम, रोड र विभिन्न गुरुयोजनामा भारतले ३ विलियन अमेरिकी डलर अफगानीस्तानमा लगानी गरेको देखिन्छ ।
हालमा नै २ लाख ५० हजार टन गहु‘ अफगानीस्तानलाई सहयोग गरेको देखिन्छ । अफगानीस्तानमा हिन्दी सिनेमा र भारतीय संस्कृती प्रति गहिरो आर्कषण रहेको छ । इरानमा भारतद्वारा निर्माण गरिएको चावाहार वन्दराहवाट अफगानीस्तानसम्म सडक मार्ग जोडेर भारतले अफगानीस्तानसंग सिधै सम्र्पक स्थापित गरेको छ । हुनतः भारत र तालीवान विच सहज सम्वन्ध रहेको छैन । सन् १९९९ मा इण्डियन एयर ल्यान्स हाईज्याक गर्दा तालीवानीहरू मद्दले नै केही समयको लागी कन्धारमा अबतरित गराइएको थियो । तत्कालीन अवस्थामा तालीवानीहरू पूर्ण रूपमा पाकिस्तानी आए.एस.आए.को कटपुतली रहेको थियो । अब अवस्था पूर्ण रूपमा परिवर्तित भएको छ ।
पाकिस्तानद्वारा अफगानीस्तानमा भएको हवाई आर्कमण प्रति भारतीय विदेश विभागले खेद प्रकट गर्दै तालीवानसंग सहज सम्वन्ध बनाउन संकेत गरेको छ भने सन् २०२५ जनवरी ८ मा नै भारतीय विदेश सचिव विक्रम मिश्री र तालीवानी सरकारमा कार्यवाहक विदेशमन्त्री विच दुवईमा भएको भेट वार्ता सार्वजनिक भएको छ । यो भेट वार्ता कूटनीतिक हिसावले महत्वपूर्ण रहेको छ । अर्का तर्फ रसियाको सक्रियतामा अफगानीस्तान र तालीवान विच सम्वन्ध व्यवस्थापन गर्न एक चर्तुभूजीय समीकरणको समेत निर्माण भएको छ । अर्थात् चीन, रसिया, इरान र पाकिस्तानको चर्तुभूजीय समीकरणले अफगानीस्तानको पूर्णनिर्माण गर्न एक किसिमको समझदारी भएको छ ।
भर्खरै रसीयाका परराष्ट्रमन्त्रीसंग लावरोहले एक अभिव्यक्ति दिदै सो समीकरणको पूर्णताको लागि भारतको सदस्यता आवश्यक भएको जिकिर गरेका छन् । भनाईको अर्थ अफगानीस्तानमा भारत प्रतिको लोकप्रियतालाई मध्य नजर राख्दै रसीयाले भारतको सहभागितालाई उच्च मूल्याङकन गरेको देखिन्छ । रसिया एसियामा भारतको भुमिकालाई नजर अन्दाज गरेको छैन । अमेरिकाद्वारा स्थापित गरिएको चर्तुभूजीय (कर्वाड)मा भारतको सहभागिता रहेको छ । शक्ति सन्तुलनलाई मध्य नजर राख्दै पाकिस्तानलाई दवावमा राख्न र इरानसंग समन्व्य गर्न भारतीय क्षमतालाई रसीयाले राम्ररी बुझेको देखिन्छ ।
वर्तमान परिवेशमा अफगानीस्तान आतंकवादको कारखाना भएको खण्डमा चीनको सीचयान प्राप्त, भारतको काश्मिर, मध्य एसीया लगायत रसीयाको केही क्षेत्रमा समेत इश्लामीक पट्टरपन्थीको आवरणमा आतंकवादी गतिविधि बढ्ने सम्भावनालाई नर्कान सकिदैन । यस अर्थमा तालीवानको मद्दले अफगानीस्तानलाई आधुनिकिरणको वाटोमा लाग्न भारतको भूमिका उल्लेख हुने कुरालाई रसीयाले गम्भीरता पूर्वक लिएको देखिन्छ ।