|  

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको विरोधमा कानुन व्यवसायीहरु

६ माघ, काठमाडौं ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

आज (आइतबार) नेपाल बार एशोसिएशनको परिसरमा कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भौतिक आक्रमण गर्नेहरुलाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्ने उनीहरुको माग छ । कानुन व्यवसायीहरुले सरकारसँग सुरक्षाको मागसमेत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी मुद्दामा बहस गरेर फर्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमाथि नै आक्रमण भएको थियो । 

लामिछानेको विरुद्धमा बहस गरेको भन्दै रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए ।