|  

मधेश केन्द्रित दलबीच एकता गर्न लोसपाले बनायो वार्ता टोली

६ माघ, काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दलबीच एकता संवादका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वार्ता टोली गठन गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरका अनुसार वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण रहेका छन् ।

अहिलेको राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य र एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको बताइएको छ ।