|  

अहिलेको सरकार ३ वर्षसम्म चल्ने भयो भनेर बाहिर रहेका दललाई छटपटी भयोः  ज्ञवाली

७ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीको छटपटी मात्र भएको बताएका छन् ।

एमाले पर्वतले हिजोदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे ।

‘सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छट्पटाहट भएको हो,’उनले भने ।

वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ छ । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल शुरू भए पनि कुनै पनि हालतमा सरकार नडगमगाउने उनले बताए ।