|  

एमालेमा पहिरो, ५९ नेताले दिए सामूहिक राजीनामा

७ माघ, काठमाडौं । नेकपा एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।